ऊर्ध्वमूलमधःशाखमश्वत्थं प्राहुरव्ययम्। छन्दांसि यस्य पर्णानि यस्तं वेद स वेदवित्॥

माथितिर जरा र तलतिर हांगाफैलिएको पिपलको बोटलाई अव्यय भनिन्छ। वेदपुरुष उक्त वृक्षका पात हुन् जस्ले यो तथ्य जान्दछ उसले वेदलाई पनि जान्दछ।

यो ब्रह्माण्ड नै सनातन अव्यय वृक्षकोरुपमा वर्णन गरिएकोछ जसमा ब्रह्मा आदि देवताहरू जराहुन् र पृथ्वीवासी समस्त  ...

... मनुष्य पशुपक्ष्यादि जंगम र वृक्ष लतापतादि स्थावर भूतप्राणिहरु तलतिर फैलिएकोले हांगाविंगा भनियो।

गुरू ऊपासनाबाट सम्यक् ज्ञानको उदय नभएसम्म यो वृक्षका जरा छेदन गरेर यसलाई ढाल्न सकिन्न  ...

 अतः यसलाई अव्यय भनियो। वेदवर्णीत नाना प्रकारका काम्यकर्मद्वारा नै यो संसार वृक्ष बढेर भरिन्छ।

त्यस कारण वेदलाई पत्ता भनियो किनकि पत्ताद्वारा नै वृक्ष भरिपूर्ण देखिन्छ। जस्ले यो रहस्य बुझ्दछ उसले यो संसारवृक्षलाई उखेलेर भगवद्धाम जान्छ। 

यो श्लोक लाई वेदमा हेरौं: ऊर्ध्वमूलोऽवाक्शाख एषोऽश्वत्थः सनातनः। तदेव शुक्रं तद् ब्रह्म तदेवामृतमुच्यते ॥

तस्मिॅल्लोकाः श्रिताः सर्वे तदु नात्येति कश्चन ।  एतद् वै तत्। कठोपनिषत् । तृतीय वल्ली । मन्त्र १ ।