सत् आचार्य (गुरु) को लक्षण
सिद्धं सत्संप्रदाये स्थिरधियमनघं श्रोत्रियं ब्रह्मनिष्ठं ।
सत्वस्थं सत्यवाचं समयनियतया साधुवृत्या समेतम् ॥
डम्भासूयादिमुक्तं जितविषयगणं दीर्घबन्धुं दयालुं ।
स्खालित्ये शासितारं स्वपरहितपरं देशिकं भूष्णुरीप्सेत् ॥
‘आचार्यवान्पुरुषो वेद’ ‘पापिष्ठः क्षत्रबन्धुश्च पुण्डरीकश्च पुण्यकृत् ।
आचार्यवत्तया मुक्तौ तस्मादाचार्यवान्भवेत् ॥
इत्यादि अनेकानेक शास्त्रीय प्रमाण अनुसार मानिसले आफ्नो आत्मकल्याणको लागि सत् आचार्यको शरण वरण गर्नैपर्छ।
अतः त्यस्ता सत् आचार्य वा सद्गुरुदेव यहां नै हुनुहुन्छ भनेर कसरी जान्ने त?
यि माथिका पद्यमा त्यस्ता सत् आचार्यको लक्षण वताइएको छ ।
जस्तै-
१) सिद्धं सत्संप्रदाये –
सत्संप्रदायमा सिद्ध भएको। यहाँ सम्प्रदाय भन्नाले कुनै एकदेशीय, एकजातीय वा संकीर्ण दायरामा संकुचित् भएको मत मात्र लाई भनेको हैन। अपितु सत् भनेका, अनादि काल देखि अनन्त कालसम्म रहने भगवान श्रीमन्नारायण देखि नाथ यामुन यतिवरादि हाम्रा पूर्वाचार्य हरु हुनुहुन्छ। वहांहरु देखि अद्यावधि हमीहरु सम्म पनि कुनै अवरोध रहित अक्षुण्ण रुपले चलि आएको जुन परंपरामा हो त्यसैलाई सत् संप्रदाय भनिन्छ। यस्ता सत्संप्रदायमा सिद्ध भएको हुनुपर्ने । सिद्धं इति पूर्वाचार्योक्त रहस्य विदिति ज्ञेयम् । अर्थ – संप्रदीयते गुरुणा शिष्याय इति संप्रदायः। गुरुद्वारा शिष्य प्रशिष्य वर्गमा दिंइदै आएको रहस्यार्थलाई नै संप्रदाय भनिन्छ। अथवा – “सप्तपूरुषविज्ञेयसन्तत्यैकान्त्यनिर्मले। कुले जातो गुणैर्युक्तो विप्रःश्रेष्ठतमो गुरुः” भने अनुसार सातौं पिंढि देखि परिचित सत्कुलप्रसूत पूर्वोक्तपरंपरा प्राप्त श्रेष्ठतम ब्राह्मण नै गुरु शब्दाभिधेय हुन्छ, भनेको हुनाले उपर्युक्त कुल, गुण, ज्ञान र ‘स्वयं वा भक्तिसंपन्नः’ भनेअनुसार भक्तिसंपन्न हुनुपर्ने ।
२) स्थिरधियम् –
‘वीतरागभयक्रोधः स्थितधीर्मुनिरुच्यते’ वा ‘आत्मन्येवात्मना तुष्टः स्थितप्रज्ञस्तदोच्यते’ भने अनुसार संशयज्ञान, अन्यथा ज्ञान र विपरीत ज्ञान रहित भएर ज्ञातव्यार्थमा निश्चित बुद्धि भएकोलाई स्थरधिः भनिन्छ।
३) अनघम् –
भगवदपचार भागवतापचार र असैह्यापचार जस्ता महापाप बाट रहित भएको हुनुपर्ने । वा यो अनघ शब्दले अभिशस्त र पतीत आदिको अनधिकारित्व लाई सिद्ध गर्दछ ।
४) श्रोत्रियं –
‘जन्मना (जायतेशूद्रः) ब्राह्मणो ज्ञेयः संसकारैर्द्विज उच्यते । विद्यायाः याति विप्रत्वं त्रिभिः श्रोत्रिय उच्यते’ वा विद्वानेकां शाखामधीत्य ब्राह्मणः श्रोत्रियः भने अनुसार सत्कुलप्रसूत कृतसंस्कार र श्रुत वेदान्त हुनु पर्ने ।
५) ब्रह्मनिष्ठं –
ब्रह्मनिष्ठ पनि हुनुपर्छ ब्रह्मनिष्ठ भनेको ब्रह्णि निष्ठा भगवति उपायोपेय भावः निश्चयो यस्य तं ब्रह्मनिष्ठं अर्थात् कति महा पुरुषहरु श्रोत्रिय भएपनि ब्रह्मनिष्ठ नभएको देखिन्छ अतः श्रोत्रिय मात्र भएर सत्संप्रदायाचार्य वन्न नमिल्ने श्रोत्रिय भएर ब्रह्मनिष्ठ पनि हुनुपर्ने ।
६) सत्वस्थं –
सत्वगुणायत्त सम्यक् ज्ञानपूर्णम्, सात्विक गुणको अधीनमा रहेर यथार्थ ज्ञान परिपूर्णहुनु लाई सत्वस्थ भनिन्छ।
७) सत्यवाचं –
भ्रम, प्रमाद, विप्रलम्भ आदि अयथार्थ वा अपार्थ रहित वचन वोल्नेलाई सत्य वाच भनिन्छ ।
८) समयनियतया –
धर्मज्ञसमयव्यवस्थिततया, ‘धर्मज्ञसमयः प्रमाणं वेदाश्च’ भने वमोजिम धर्मवेत्ता पूर्वाचार्य कल्प महान आचार्यहरुको समयलाई र वेद वाक्यलाई पनि प्रमाण मान्नेहरु लाई समयनियत भनिन्छ।
९) साधुवृत्या समेतम् –
साधुवृत्ति भनेको सात्विकाचरणवृत्ति ‘ऋतामृताभ्यां जीवेत’, भनेझैं उञ्छवृत्तिको परिशीलन गर्ने ।
१०) डम्भासूयादिमुक्तं –
दभ्भ रअसूया जस्ता दुर्गुण बाट मुक्त भएको हुनुपर्ने। यहां दम्भ भन्नाले यस्याचरणं ख्यातिलाभपूजार्थमेव स डम्भः कापट्यं वा । अर्थात् जस्को आचरण ख्याति प्राप्ति र पूजा प्राप्तिको लागि प्रवृत्ति मार्गमा मात्र अग्रसर छ त्यस्ता व्यक्तिलाई दम्भी वा कपटी भनिन्छ। असूया भनेको गुणेषु दोषाविष्करणमसूया। अर्थात् परव्यक्तिका गुणहरुमा दोषारोपण गर्नु असूया हो। अतः यी दुर्गणहरु बाट मुक्त हुनुपर्ने र आदि शब्दले अहंकार, ममकार, काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य आदि बाट पनि मुक्त हुनुपर्ने ।
११) जितविषयगणं –
‘वशीकृतज्ञानकर्मरूपैकादशेन्द्रियम्’, अर्थात् मन सहित पञ्चज्ञानेन्द्रिय र पञ्चकर्मेन्द्रिय लाई वश गरेको हुनुपर्ने। यस् बाट विषय लोलुप पनि सत्संप्रदायाचार्य वन्न नसक्ने देखिन्छ ।
१२) दीर्घबन्धुं –
दीर्घबन्धु भन्नाले नदी तरिसके पछि नौकाको संबन्ध विच्छेद भएजस्तै संसार तरेपछि आचार्य को संबन्ध पनि विच्छेद भैहाल्छ भन्ने पक्ष निरस्त भयो । किनकि ‘नाथाय नाथमुनये अत्रपरत्रचापि नित्यं यदीयचरणौ शरणं मदीयम्’, भनेझैं आचार्यका श्रीचरण प्रपन्नका लागि इहलोक र परलोक श्री वैकुण्ठमा पनि नित्य उपायोपेय भावले नै रहनु हुन्छ। अतः दीर्घबन्धुं भनियो ।
१३) दयालुम् –
‘निर्हेतुककृपाप्रवाहभरितं दयालुत्वम्’, अर्थात् निर्हेतुक कृपाको प्रवाहले भरिएको लाई दयालु भनिन्छ। निर्हेतुक कृपा भन्नाले ‘स्वार्थनिरपेक्षत्वे सति परदुःखासहिष्णुत्वं हि कृपा’, अर्थात् निःस्वार्थ भावले अरुको दुःख सहन गर्न नसकेर दया गर्नु लाई निर्हेतुक कृपा भनिन्छ ।
१४) स्खालित्ये शासितारं –
शिष्यवर्गमा प्रमादवश विषय प्रावण्यता भएको देखेर यसो गर्नु हुंदैन भन्दै समय समयमा उचित शास्त्रोक्त प्रायश्चित आदिको विधान गर्दै नियन्त्रण गर्नु लाई स्खालित्ये शासितारं भनिन्छ ।
१५) स्वपरहितपरं –
‘स्व’, आफ्ना शिष्यहरु, ‘पर’, अन्य व्यक्तिहरु, लाई भेदभाव रहित हित गर्ने। अथवा स्व भन्नाले आफु स्वयं र पर भन्नाले शिष्य प्रशिष्य वर्ग दुवैको हित गर्ने । अथवा स्व शब्दमा नै स्व र स्वीय अर्थात् आफु स्वयं र स्वीय स्वजन शिष्य वर्ग दुवैको परं उत्कृष्टं हितं उत्कृष्ट हित गर्नु लाई स्वपरहितपरं भनिन्छ ।
यस्ता उपर्युक्त १५ प्ररकारका लक्षण विशिष्ट विलक्षण देशिकं आचार्य लाई, भूष्णु: आफ्नो संवृद्धि चाहने शिष्यले ईप्सेत्, शरण वरण गरोस्।
यहां देशिकं भूष्णुरीप्सेत् भनेर गुरुको शरणागति गर्नु राग प्राप्त नै भए पनि ‘तद्विज्ञानार्थं स गुरुमेवाभि गच्छेत्’ भन्ने शास्त्रनिर्देशानुसार सम्यक् ज्ञान गर्नको लागि उपर्युक्त गुण विशिष्ट आचार्य कै साथ रहेर हासिल गरेको ज्ञान लाई नै सम्यक् ज्ञान भनिन्छ, न कि आफैंले पोथि पल्टाएर टीका परिशीलन गरेर हासिल गरेको ज्ञान लाई संयक् ज्ञान भनिन्छ।
त्यस्ता सत् आचार्यका विषयमा केहि शास्त्रीय प्रमाणहरु यस् प्रकार छन्:-
प्रपित्सुर्मन्त्रनिरतं प्राज्ञं हितपरं शुचिम्।
प्रशान्ति निरतं वृत्तौ भवेद्विजवरं गुरुम्॥
विश्वात्मन्यात्मनो न्यासं धिया वृत्तिं च शाश्वतीं।
मन्त्रेणाचारयेद्यस्तु स आचार्यः परो मतः॥
त्रिषु वर्णेषु संभूतोमामेव शरणं गतः।
नित्य नैमित्तिकपरो मदीयाराधने रतः॥
आत्मीयपरकीयेषु समो देशिक उच्यते।
ई गुण विशिष्ट र निम्न वर्ज्य गुण रहित।
नाचार्यः कुलजातोsपि ज्ञानभक्त्यादि वर्जितः।
न च हीनवयोजातिः प्रकृष्टानामनापदि॥
न जातु मन्त्रदा नारी न शूद्द्रो नान्तरोद्भवः।
नाभिशस्तो न पतितः कामकामोप्यकामिनाम्॥
कसैले यो माथिको प्रमाण अनुसार आफु भन्दा कम उमेरको भन्ने शब्द ब्राह्मणको विषयमा हैन भन्ने बुझ्नु पर्दछ।
अध्यापयामास पितृन् शिशुराङ्गिरशः कविः।
पुत्रका इति होवाच ज्ञानेन परिगृह्यतान्।
बालोपि विप्रो वृद्धस्य पिता भवति मन्त्रदः॥
अज्ञं हि बालमित्याहुः पितेत्येव तु मन्त्रदः।
विप्राणां ज्ञानतः श्रैष्ठ्यं क्षत्रियाणां तु वीर्यतः।
वैश्यानां धान्यधनतःशूद्राणामेव जन्मतः॥
अज्ञं हि बालमित्याहुः पितेत्येव तु मन्त्रदः।
विप्राणां ज्ञानतः श्रैष्ठ्यं क्षत्रियाणां तु वीर्यतः।
वैश्यानां धान्यधनतःशूद्राणामेव जन्मतः॥
इति सत् आचार्य लक्षणम्।