न सन्नासन्न सदसत् न चाप्यनुभयात्मकम्।
तुष्टयविनिर्मुक्तं तत्वं वै वेददूषकाः।।


यो परिदृश्यमान जगत् न सत्, सत्य हैन; न असत्त्, असत्य पनि हैन; सदसत्, सत्य र असत्य उभयात्मकपनि हैन; न च अपि अनुभयात्मकम्, सत्य र असत्य दुवैभन्दा भिन्न पनि हैन ।

यो तत्व सिद्धगर्ने तर्क हेरौं:

संसार यस्कारण सत्य हैन – सत्यभए उत्पत्ति र विनाश हुंदैन थियो तर संसारको सृष्टिपनि हुन्छ र संहारपनि अतः यो सत्य हैन ।

असत्य यस अर्थमा हैन – यो साक्षात हाम्रोसामु छ।

सत् र असत् उभयात्मक यस अर्थमा हैन – परस्पर विरुद्ध धर्मको आश्रय एउटैवस्तु हुनै सक्दैन।

अब चतुर्थ कारण – सत्य र असत्य दुवै भन्दा भिन्न वस्तुको उपलब्धि नै हुंदैन अतः यो संसार तद्भिन्न पनि हैन।

यसरी कुनै अधिष्ठानको आश्रय विना सवका सव वस्तुलाई निषेध गर्नु वेद बाह्य मत हो ।

तादृश मतावलंविनाङ्कृते चपेटिकेयम्–प्रतीतिश्चेदिष्टा
न निखिलनिषेधो यदि न को ।
निषेद्धाऽतो नेष्टो निरुपधिनिषेधः सदुपधौ ।।

निषेधेऽन्यत्सिद्ध्येद् वरद! घटभङ्गे शकलवत्।
प्रमाशून्ये पक्षे श्रुतिरपि मतेऽस्मिन् विजयताम् ।।